
धनगढी – कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मंगलबारदेखि कोरानाभाइस (कोभिड–१९) को द्रुत जाँच सुरु हुँदैछ।
प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले यसबारे अहिले धनगढीमा काठमाडौँबाट आएको प्राविधिक टोलीसँग छलफल भइरहेको बताए। उनले भने ‘छलफल पछि कसरी, कहाँबाट सुरु गर्ने भनेर टुंगो लाग्छ छ परीक्षण सुरु हुन्छ ।
र्यापिड टेष्टका लागि तालिमप्राप्त ६ सदस्यीय प्राविधिक टोली शोमवार धनगढी पुगेको थियो। संघीय मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथापोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो।
सुदूरपश्चिम प्रदेशमा कोरोनाको परीक्षणका लागि नमूना संकलन गर्न थालिएको ५४ दिनमा दुई सय ३० जनाको मात्र स्वावको नमूना संकलन गरिएको छ । फागुन १ गते नमूना संकलनशुरु गरिएकोमा चैत २४ गतेसम्म दुई सय ३० जनाको नमूना संकलन गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ ।
संकलन भएका मध्येअहिले सम्म एक सय ७१ जनाको मात्रै परीक्षण भएको केन्द्रले जनाएको छ। परीक्षण गरिएका एक सय ७१ जनामा चार जनाको पोजेटिभ र बाँकी एक सय ६७जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
नमूना संकलन गरीएका मध्ये ५९ जनाको भने परीक्षण बाँकी रहेको उनले बताए। धनगढीमा स्थापना गरिएको प्रयोगशालामा भने अहिलेसम्म १५ जनाको नमूना परीक्षण भएकोमा १५ जनाको नै रिपोर्ट नेगेटिभ आएको कार्कीले जानकारी दिए।