लन्डन – कोरोना भाइरसको महामारीले पुरा विश्व थलिरहेका बेला मिस इंग्ल्याण्ड भाषा मुखर्जी आफूले बीचमा छाडेको चिकित्सा पेशामा फर्किने भएकी छन्।
जुनियर चिकित्सकका रुपमा काम गरिरहेका बेला उनले यो फिल्ड चटक्कै छाडेकी थिइन् जब मिस इङ्ल्यान्डमा भाग लिएर फेसन क्षेत्रमा प्रवेश गरिन्। भाषाले सन् २०१९ मा मिस इङ्ल्यान्डको ताज पहिरिएर मिस वर्ल्डमा राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन्।
हाल च्यारिटी कामका लागि विदेशमा रहेकी मुखर्जी १४ दिन सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किने जनाइएको छ।
आगामी अगस्टसम्म एम्बासडरका रुपमा विभिन्न च्यारिटीको काममा व्यस्त भएर त्यसपछि मात्र चिकित्सा पेशामा फर्कने भाषाको योजना रहे पनि कोरोना भाइरसको महामारीपछि उनी चाँडै विरामीको उपचारमा आउन लागेकी हुन्।
मार्चको सुरुवातमा भाषा चार साता लामो भारत भ्रमणमा निस्किएकी थिइन् जहाँ एक संस्थाले एम्बासडर बनाएबापत उनी विभिन्न समाज सेवामुलक काममा सहभागी हुनुपर्ने थियो।
इङ्ल्यान्डमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला भाषाले काम गरेको पूर्वी इङ्ल्यान्डको पिलग्रिम अस्पतालका पूर्व सहकर्मीले उनलाई काम गर्न निकै गाह्रो भइरहेको सुनाएका थिए। त्यसपछि भाषाले अस्पताल व्यवस्थापनसँग कुरा गरि आफू काम गर्न इच्छुक रहेको बताएकी थिइन्।

भर्खरै
लोकप्रिय






































































































































































































