कैलाली–कञ्चनपुरमा ‘र्‍यापिड टेस्ट’ सुरु

कैलाली–कञ्चनपुरमा ‘र्‍यापिड टेस्ट’ सुरु
+
-

धनगढी– कैलालीमा कोरोना भाइरसको र्‍यापिड टेस्ट सुरु भएको छ। काठमाडौँबाट आएको तालिम प्राप्त टोलीले कोरोना भाइरसको र्‍यापिड टेस्ट सुरु गरेको हो।

टोलीले मंगलबारदेखि गोदावरी नगरपालिकामा रहेको नेपाली सेनाको तेघरी ब्यारेकको क्वारेन्टाइनमा राखिएका २१ जनाको नमूना संकलन गरेर र्‍यापिड टेस्ट गरेको जानकारी दिएको छ।

टोलीमा रहेका स्वास्थ्य कार्यालय कैलालीका ल्याब प्राविधिक नारायण ढुंगानाले नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका २१ जनाको रगत र थ्रोट स्वाबको नमूना संकलन गरेको बताए। व्यारेकको क्वारेन्टाइनमा रहेकाको रगत र थ्रोट स्वाब संकलन गरी मंगलबार नै सो टोली कञ्चनपुर गएको छ।

हालै नेपाल सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा र्‍यापिड टेस्टिङ गर्ने निर्णय गरेको थियो। सोही बमोजिम काठमाडौँबाट खटिएको तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले र्‍यापिड टेस्टिङ थालेको हो। संकलित नमूना नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबारै काठमाडौँ पठाइएको छ।

टोलीले महेन्द्रनरको आइसिएच भवनको क्वारेन्टाइनमा राखिएका ७० जनाको पनि नमुना संकलन गर्ने प्राविधिक ढुंगानाले बताए। संकलित नमूना काठमाडौँ पठाएर पिसिआर मेसिन र र्‍यापिड डाइग्नोष्टिक टेस्ट किटबाट परिक्षण गरिनेछ।

दुवैको नतिजा एकै आएमा उक्त किटको विश्वसनीयता पुष्टि हुने अपेक्षा गरिएको छ। १० जनाको समूहमा रहेको यो टोलीले दुई वटा समूहमा विभाजित भएरे कैलाली र कञ्चनपुरमा नमुना संकलन गर्ने बताइएकाे छ।

नेपालमा देखिएका नौ जना कोरोना संक्रमित मध्ये कैलालीमा तीन जना तथा कञ्चनपुरमा एक जना र बाग्लुङमा दुई जना रहेका छन्। कैलालीका तीन जना र कञ्चनपुरका एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती अस्पतालका सूचना अधिकारी डाक्टर जगदीश जोशीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?