कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीेको मृत्यु भएमा सिमकोट गाउँपालिकाले १० लाख दिने

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीेको मृत्यु भएमा सिमकोट गाउँपालिकाले १० लाख दिने
+
-

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिकाले कोरोना भाइरसको संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको संक्रमणका कारण मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ ।

गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका क्रममा स्वास्थ्यकर्मी आफै संक्रमित भएर मृत्यु भए स्वास्थ्य बिमा बापत दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।

कोरोना भाइरसको प्रकोप रोक्न स्वास्थ्यकर्मीलाई उत्पे्ररित गर्नका लागि प्रोत्साहन स्वरुपको यो व्यवस्था गरिएको उनले बताए । त्यसैगरि अहिलेको महामारीका बेला खेटिने कर्मचारीहरुका लागि तह अनुसार जोखिम भत्ता दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अहिलेको आवागमन बन्दका बेला लक्षित परिवारलाई राहत उपलब्ध गराउने मार्गदर्शन तथा मापदण्ड २०७६ पनि पारित गरेको छ ।

यो पारित भएसँगै राहत पाउने लक्षित वर्ग छनोटको बाटो पनि खुलेको छ । त्यस्तै अर्थ मन्त्रालयको परिपत्र अनुसार खर्च गर्न नपाइने शीर्षकमा बिनियोजित बजेट तत्काल रोक्का गर्ने निर्णय पनि भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?