सेती अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको अवस्था सामान्य, आइसोलेसनमै निगरानीमा

सेती अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको अवस्था सामान्य, आइसोलेसनमै निगरानीमा
+
-

धनगढी– सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको अवस्था सामान्य रहेको छ। तीन जना कैलाली र एक जना कञ्चनपुरका गरी ४ जना कोरोना संक्रमितको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

चार जनामध्ये पहिलो पटक चैत १४ गते धनगढीमा कोरोना संक्रमित पुष्टि भएका दुवईबाट आएका धनगढीका ३४ वर्षीय युवकको दोस्रो परीक्षण पनि गरिएको र दोस्रो परीक्षणमा पनि पोजेटिभ आएको तर स्वास्थ्य अवस्था भने सामान्य रहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए।

उनले भने, ‘हामीले नियमित निगरानीमा राखेका छौँ। स्वास्थ्य अवस्था सामान्य छ। परीक्षणको रिपोर्ट नेगेटिभ नआउँदासम्म अस्पतालमा निगरानीमै राख्नुपर्छ।’

यस्तै चैत २२ गते शनिबार कैलालीको धनगढीका पहिलो कोरोना संक्रमित युवककी ३४ वर्षीया भाउजु, भारतको मुम्बईबाट फर्किएका कैलालीकै लम्कीका २१ वर्षीय युवक र भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

उनीहरु पनि सेती प्रादेशिक अस्पतालमै उपचाररत छन्। चारै जना कोरोना संक्रमितलाई अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षको अलग अलग कोठमा राखिएको छ।

डाक्टर जोशीले भने, ‘पछिल्लो पटक कोरोना पुष्टि भएका यि तीन जनामा त अहिले पनि कुनै लक्षण नै छैन। दोस्रो परीक्षणका लागि नमुना पठाएका छौँ, रिपोर्ट आउन बाँकी छ।’

३४ वर्षीय युवती बाहेक अन्य दुई जनाको नमुना क्वारेन्टाइनबाट संकलन गरिएको थियो भने युवतीको नमुना सेती अस्पतालबाट संकलन गरिएको उनले बताए।

कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् तर यी तीनै जनामा अहिले पनि यी कुनै लक्षण नरहेको डाक्टर जोशीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?