
सिमकोट-आडिटी किट जिल्लामा आएसँगै सिमकोटमा स्थापना भएका दुई वटा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आरडिटी किटबाट २५ जनाको रगत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
शनिबार जिल्लामा आइपुगेका उक्त किटबाट बेलुका क्वारेन्टाईनमा बसेका सबै जनाको परीक्षणका लागि रगतको नमूना संकलन गरिएको र ल्याब टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
दुईवटा क्वारेन्टाईमा रहेका २३ जना बाहिरका २ जनागरी २५ जनाको कोरोना संक्रमणकै लागि रगत नमूना संकलन गरी ल्याब टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
हुम्लामा आरडिटी किट आइपुगेसँगै पहिलो पटक कोरोना संक्रमणका लागि रगतको परीक्षण गरिएको हो।
हुम्लामा उक्त किट चार थान आएका छन्।ल्याब टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि अब स्वाब टेस्ट गर्नु नपर्ने भएको छ।
क्वारेन्टाइनमा बसेका सबै जिल्ला बाहिरबाट आएका हुन।उनीहरु जिल्लामा आएको पन्द्रौ दिन भएको छ। अब आइतबार आरडिटी किट सहित स्वास्थ्यकर्मीहरु जिल्लाका सबै गाउँपालिकातिर लाग्ने छन्।
विशेष गरी भारतबाट आएकाहरुको रगत टेष्ट गरिनेछ। हुम्लामा भारतबाट काम गर्न र व्यापार गर्न गएका करीव एक सय जनाभन्दा बढी जिल्लामा आएका छन्।