
अ
+
अ
अ
-
सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
सम्भावित कोरोना प्रकोपविरुद्ध पूर्वतयारी स्वरुप गाउँपालिकाले खरिद गरेका स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाभित्रका ११ वटा स्वास्थ्य संस्थाहरुमा पिपिई, मास्क, डिजिटल थर्मोमिटर, ग्लोब्स, सेनिटाईजर जस्ता सामानहरु वितरण गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए ।
यसरी सामग्रीहरु पाउने स्वास्थ्य संस्थाहरुमा साँडा, डाँडाफया, ठेहे, बरगाउँ, चौगानफया, खोल्सी, लादेवाडा रहेका छन् ।