बंगलादेशका पहिलो राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री हसिनाका बुबा रहमानका हत्यारालाई फाँसी

बंगलादेशका पहिलो राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री हसिनाका बुबा रहमानका हत्यारालाई फाँसी
+
-

ढाका – बंगलादेशका पहिलो राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका बुबा शेख मुजिबर रहमानका हत्यारालाई फाँसी दिइएको छ।

सन् १९७५ मा भएको सैनिक कुमा रहमानसहित उनका परिवारका अधिकांश सदस्य मारिएका थिए। तत्कालीन आर्मी अफिसर अब्दुल माजेदलाई राजधानी ढाकामा फाँसी दिइएको बंगलादेशी सन्चार माध्यमहरुले जनाएका छन्।

पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको चार वर्षपछि रहमानको हत्या भएको थियो। सन् १९९६ मा हसिना प्रधानमन्त्री चुनिएपछि आरोपी माजेद भारततर्फ लागेका थिए।

सन् १९९८ मा माजेदसहितका आर्मी अधिकृतलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। सन् २००९ मा सर्वोच्च अदालतले फैसला सदर गरेलगत्तै पाँच जनालाई फाँसी दिइएको थियो। माजेद भने गत महिना मात्र भारतबाट स्वदेश फर्किएका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’