
नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मध्य प्रदेशका शहरहरुमा खटिएका प्रहरीलाई यतिबेला गीत गाएर सुनाउँदै उनिहरुको हौसला बढाउँदै छन् त्यस क्षेत्रका संगठन प्रमुख विवेक शर्मा।
मध्य प्रदेशको औद्योगिक शहर इन्दोरका प्रमुख शर्माले आफूले गाएको गीत र नारा मातहतका प्रहरी अधिकारीलाई पठाएका छन्।
उनले ‘हम होँगे कामयाब’ बोलको गीतका अंश गाएका छन् भने त्यसो ब्याख्या गर्दै भनेका छन्- साथीहरु यो गीतले ठूलो सन्देश बोकेको छ। यदि हामीहरु हातेमालो गरेर अगाडि बढ्यौँ भने युद्ध अवश्य जित्ने छौँ। हामी आँत्तिनुपर्ने छैन।
उनी अगाडि थप्छन्- कोरोनाबाट नडराऊ। हामी फेरि जित्ने छौँ। यस युद्धमा हामीमध्ये केही पराजित हुन सक्छौँ तर अरुलाई पराजित हुन दिदैनौँ। यदि यही तरिकाले अगाडि बढ्ने हो भने शान्ति चाँडै आउने छ।
इन्दौरमा शनिबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। इन्दौरमा मात्र ३२ जनाको मृत्यु भइसकेको छ।