गर्भजाँच गराउन आएकी महिला बाटोमै सुत्केरी

गर्भजाँच गराउन आएकी महिला बाटोमै सुत्केरी
+
-

सिमकोट- एक जना महिला हिँड्दाहिँड्दै बाटोमै सुत्केरी भएकी छन्।

स्वास्थ्य सेवा कार्यालयको प्रसूति गृहमा गर्भ जाँच गराउन आउने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर २ को ठेहेबाट सदरमुकाम सिमकोट आउने क्रममा बाटो मै सुत्केरी भएकी हुन्।

यसरी बाटोमा बच्चा जन्माउनेमा ३५ बर्षकी डल्ली सुनार छिन्। ठेहेमा रहेको घरबाट गर्भ जाँचकै लागि सिमकोट आउने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर ४ को बुराउसे गाउँको बाटोमा एक्कासी ब्यथा लागेपछि बच्चा जन्मिएको सुत्केरीसँगै आएकी जसु परियारले बताई यसअघि सुत्केरी भएकी सुनार दुई घण्टा पैदल हिडेर आएकी थिइन्। सुत्केरी भएको स्थान प्रसुती गृह भन्दा आधा घण्टा टाढा पर्छ।

सुनारले बाटोमै स्वस्थ्य बच्चा जन्माएकी छन्। बच्चा जन्मिएको खबर आउनासाथ बन्दाबन्दीले गाडी नचलेको भए पनि पनि प्रशासनसँगको समन्वयमा बुराउसेसम्म गाडी र स्वास्थ्यकर्मी पठाएर उनको उद्धार गरिएको छ।

गाडीबाट सिधै आमा र बच्चालाई प्रसूति गृहमा ल्याइएको छ। बच्चको अवस्था सामान्य भए पनि आमालाई केही असजिलो भएको स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले बताइन्। उनको उपचार भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?