मोदीको सम्बोधनअघि फ्रन्टलाइनरलाई सोनिया गान्धीको भिडियो सन्देश-दृढताभन्दा ठूलो राष्ट्रवाद हुन्न

मोदीको सम्बोधनअघि फ्रन्टलाइनरलाई सोनिया गान्धीको भिडियो सन्देश-दृढताभन्दा ठूलो राष्ट्रवाद हुन्न
+
-

नयाँ दिल्ली – भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले कोरोना भाइरसविरुद्ध अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनरलाई धन्यवाद दिँदै दृढताभन्दा ठूलो राष्ट्रवाद नहुने बताएकी छन्।

कोरोना भाइरस महामारीविरुद्ध लडिरहेका फ्रन्टलाइनरलाई मंगलबार बिहान धन्यवाद दिँदै प्रतिपक्षी दलकी अध्यक्ष सोनियाले उनीहरुको खुलेर प्रंससा गरेकी हुन्। संकटका बेला लड्ने याेद्धा नै असलमा राष्ट्रवादी हुने उनको भनाई छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्नुभन्दा केही घण्टाअघि सोनियाले भिडियो सन्देशमार्फत चिकित्सक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारी र गैर नाफामुलक संघसंस्थाले व्यक्तिगत सुरक्षालाई ख्याल नगरी आम मानिसलाई बचाउन गरिरहेको कामबारे बोलेकी हुन्।

‘मलाई आशा छ तपाईँहरु सुरक्षित हुन घरमा बसिरहनु भएको छ। हामी एकता,अनुशासन र आत्मविश्वासमार्फत कोरोना भाइरसलाई पराजित गर्ने छौँ’, सोनियाले भनेकी छिन्।

भारतमा तीन साता लामो लकडाउन मंगलबार सकिँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार बिहान १० बजे गर्ने सम्बोधनमार्फत लकडाउन बढाइएको बारे जानकारी गराउने अनुमान गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’