कोरोना भाइरसविरुद्धका तीन खोप मानवीय परीक्षणको चरणमा, ७० खोपमा काम हुँदै

कोरोना भाइरसविरुद्धका तीन खोप मानवीय परीक्षणको चरणमा, ७० खोपमा काम हुँदै
+
-

कोरोना भाइरस विरुद्धको खोप बनाउन विश्वभरका वैज्ञानिकहरु लागि परेको र अहिले सम्भावित ७० वटा खोपमा काम भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका अनुसार त्यसमध्ये तीनवटा मानवीय परीक्षणको चरणमा रहेका छन् ।

सम्भावित खोपको सूचिमा अग्रस्थानमा रहेको बेइजिङ्ग इन्स्टिच्युड अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले निर्माण गरेको गरेको खोप अहिले दोस्रो चरणको परीक्षणमा छ ।

अरु दुई खोपहरु पनि अहिले मानवीय परीक्षणको क्रममा रहेका छन् । यी खोपहरु अमेरिकी औषधि उत्पादक कम्पनी इनोविओ र मोडेर्नाले निर्माण गरेका डब्लुएचओलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ ।

छोटो अवधिमै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख १९ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या विश्वभर २० लाख भन्दा बढी पुगेको छ ।

महामारी तीव्र गतिमा फैलिएका कारण औषधि उत्पादक कम्पनीहरु खोपको खोजीमा तीव्र गतिमै लागिपरेका हुन् । खोपहरु आउँदो वर्षको सुरुमा उपलब्ध हुने अपेक्षा छ ।

सामान्यतया कुनै पनि खोपले पूर्णता पाउन १० देखि १५ वर्ष लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण गर्ने तयारी भइरहेको छ ।

मोडेर्नाले बनाएको खोपलाई गएको मार्चमा जनावरमा गर्नु पर्ने परीक्षणको प्रक्रियालाई थाँती राखेर मानवीय परीक्षणका लागि अमेरिकी नियामक निकायले स्वीकृति दिएको थियो ।

यस्तै फिजर र सानोफीसहितका कम्पनीले बनाएका खोपहरु पनि अहिले प्रिक्लिनिकल ट्रायलको चरणमा पुगेका छन्।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म उपलब्ध हुने दाबी गरेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?