
सिमकोट – भारत र देशका अन्य भागबाट फर्केर हुम्लाको क्वारेन्टाइनमा रहेका ११ जनामा कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
क्वारेन्टाइनमा रहेका उनीहरुको आरडिटी किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ हो ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ७ मा एक जना र ८ मा तीन जना भारतबाट फर्केर आएलगत्तै क्वारेन्टाइनमा रहँदै आएका थिए । परीक्षणा उनीहरुको रिपोर्ट नेगेटिभ आएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दान बहादुर बोहराले बताए ।
त्यसै गरि स्वास्थ्य सेवा कार्यालयका प्मुख प्रेम बहादुर सिंहका अनुसार ताँजाकोट गाउँपालिकामा पनि सात जनाको आरडिटी किटबाट रगतमा कोरोना संक्रमणको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
यस अघि सिमकोट र नाम्खाका ४२ जना क्वारेन्टाइनमा रहेकाहरुको पनि रगत परीक्षण गर्दा नेगेटिभ आएको थियो । नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा भारतबाट आएकाहरुलाई खोजी खोजी परीक्षण भइरहेको छ ।