
गमगढी-मुगु जिल्लाको सोरु र खत्याड गाउँपालिकामा असिना पानीसँगै आएको बाढी पहिरोले पुर्याएको क्षतिको लागि राहतको व्यवस्था गर्न कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले माग गरेका छन्।
कोरोना महामारीले त्रासमा राखेको बेला अर्को बिपत्तीले पुर्याएको क्षेत्रीबाट जनतालाई निक्कै राहतको ब्यबस्था गर्न कर्णाली प्रदेश सरकार र स्थानीय सरकारसंग उनले माग गरेका हुन।
गत वैशाख १ गते अचानक असिना पानीपछि आएको बाढीले गर्दा मुगुका सोरु गाउँपालिकाको वडा नम्बर २ र ४ तथा खत्याड गाउँपालिकाको वडा नम्बर ६ र ११ मा पाक्नै लागेको जेठासी बाली नष्ट गरेको थियो।
सो बाढीबाट जनताले धेरै क्षति व्यहोर्नू परेको बताउदै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता शाहीले तत्काल क्षति भएका जनतालाई राहतको व्यवस्था गर्न माग गरेका थिए।
यस्तो पीडाका बेला पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नु पर्नेमा सरकारहरुको ध्यान जान नसकेकोमा आश्चर्य व्यक्त गर्दै नेता शाहीले जति सक्दो चाँडो राहतको व्यवस्थातर्फ सरकार लाग्नु पर्ने बताए। बाढीबाट बाली लगाएको जग्गा, बाटो, कुलो नष्ट भएका छन भने पशुवस्तु पनि बगाएको थियो।