हार्वर्डको अनुसन्धानले भन्छ, सामाजिक दूरी सन् २०२२ सम्मै

हार्वर्डको अनुसन्धानले भन्छ, सामाजिक दूरी सन् २०२२ सम्मै
+
-

न्युयोर्क- कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वका धेरै देशले लकडाउन लागू गरिरहेका छन्। जनतालाई घरमै बस्न आग्रह गरिएको छ।

मानिसबीच भेटघाट हुँदा भाइरसको संक्रमण सर्ने र फैलने भएकाले लकडाउन अधिकांश देशका लागि निर्विकल्पजस्तै बनेको छ। भाइरसविरुद्धको औषधी पत्ता नलागेको र लाग्ने छाँटकाँट पनि नदेखिएकाले यतिबेला विश्वलाई नै चिन्ताको विषय बनेको छ- सामाजिक दुरी कहिलेसम्म ?

यहि विषयलाई लिएर अनुसन्धान पनि सुरु हुन थालेको छ। हावर्ड विश्वविधालयले गरेको अनुसन्धानले सन् २०२२ सम्म सामान्य सामाजिक दुरीमा रहनुपर्ने निष्कर्श निकालेको छ। विश्वविधालयका रोगसम्बन्धी अध्येताले गरेको अध्ययन जर्नलमा प्रकाशित भएको छ।

सामाजिक दुरी एकैपटक हटाउँदा कोरोना भाइरस महामारीको जोखिम सँधै उच्च रहने अनुसन्धानकर्ताको दावी छ। कोरोना महामारीको अबको कोर्स कस्तो हुन्छ भन्ने केही प्रश्नमा निर्भर हुने छ जसको उत्तर आइसकेको छैन।

सिजन परिवर्तन भएसँगै भाइरस संक्रमण कम हुन्छ कि हुँदैन ? भाइरसको संक्रमणपछि मानिसको प्रतिरक्षा प्रणाली कस्तो हुने छ? लगायत प्रश्नको जवाफमा कोरोना भाइरस महामारीको अबको बाटो निर्भर हुने छ।

महामारीले विश्वका महाशक्ति राष्ट्रहरुको अर्थतन्त्रलाई धरासायी बनाएको छ। लकडाउनले अर्थतन्त्र कमजोर हुँदै जाँदा यसलाई खुकुलो बनाउनुपर्ने परिस्थितीको दबाब सरकारहरुलाई छ। अनुसन्धानकर्मीहरुले व्यापक परिक्षणपछि मात्र लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?