
अ
+
अ
अ
-
सिमकोट – हेल्थअस मेडिकल सेन्टरले लक्षित वर्गलाई निशुल्क रुपमा उपचार गर्दै आएको छ। उपचारका लागि खर्च गर्न नसक्ने बिरामीका लागि सेन्टरले निशुल्क उपचारको व्यवस्था गरेको हो ।
निशुल्क उपवचार पाएपछि सिमकोट गाउँपालिका वडा नम्बर ३ की उग्रेन लामाले खुशी व्यक्ति गरिन्। उनी दमको बिरामी हुन् ।
सेन्टरका डाक्टर हर्कसिंह भण्डारीले लकडाउनका बेला पनि आफूहरुले दैनिक १६ घण्टा सेवा दिँदै आएको बताए । उनका अनुसार उपचारका लागि आउने मध्ये हाल दैनिक पाँचजना सम्म बिरामीको निशुल्क उपचार भइरहेको छ।
सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी नारायण फडेराले लक्षित वर्ग बाहेक अन्य बिरामीहरुलाई पनि २५ प्रतिशतसम्म छुट दिइएको बताए ।