
अ
+
अ
अ
-
हुम्ला – र्यापिड टेष्टमा पोजेटिभ देखिएका मुगुका व्यक्तिको परिवारका सदस्यको पनि कोरोना भाइरस संक्रमणको परीक्षण हुने भएको छ।
मुगुको खत्याड गाउँपालिका वडा नम्बर ५ को खमाले गाउँको श्रीकोट स्वास्थ्य चौकीमा बिहीबार गरिएका र्यापिड टेष्टमा एकजनालाई पोजेटिभ देखिएको थियो ।
उनको परिवारका सबै सदस्यको पनि परीक्षण गरिने मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।
र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका व्यक्तिको स्वाव पिसीआर परीक्षणका लागि सुर्खेत पठाइने उनले बताए