काठमाडौं- नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत नि:शुल्क उपलब्ध गराउने भएका छन्।
पुन:ले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेस भाइजर समेत दिने बताएका हुन।
उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार केन्द्रले डाक्टरहरु र नर्सहरुको सुरक्षाको लागि PPE को गाउन बाँड्दा तल फोटोमा देखाइए जस्तै मुख छोप्ने कभर अर्थात Visor हरु पनि दिइनेछ।
यस्तै उनले उक्त फेसियल भाइजर कभरहरु प्रोटेक्ट नेपालले बनाएको बताएका छन्। उनले प्रोटेक्ट नेपालका भाइ बहिनीहरुले थ्रीडी प्रिन्टिङ, इन्जेक्शन मोडलिङ, सीएनसी लेजर लगायत विभिन्न मेशिनहरु प्रयोग गरेर बनाएको बताएका छन्।
यी सबै काम प्रोटेक्ट नेपालका संयोजक मेकानिलक इन्जिनियर रामचन्द्र थापा र डा. रोशिना थापाले बनाएका हुन। उनीहरुले आफ्नै स्थानीय स्रोत सामग्रीहरुबाट फेसियल भाइजर बनाएर आविष्कार नेपाललाई दिएका छन्।
फेसियल भाइजर कसरी बन्छ भन्ने बारे उनीहरुले आफूले बनाएको भिडियो समेत पोस्ट गरेका छन्।