कोभिड-१९ को उपकरण र औषधि बनाउन जुट्‍यो नासाको टिम

कोभिड-१९ को उपकरण र औषधि बनाउन जुट्‍यो नासाको टिम
+
-

एजेन्सी-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कोरोना भाइरस (कोभिड१९)विरुद्धको मेडिकल उपकरण बनाउन टास्क फोर्स गठन गरेको छ।

नासाको आर्मस्ट्रङ फ्लाइट रिसर्च सेन्टरले एन्टीलोप भ्याली अस्पताल, द सिटी अफ लानकास्टर, भर्जिन ग्यालेक्टिक, द स्पेसशीप कम्पनी र एन्टीलोप भ्याली कलेजसँग सहकार्य गर्दै कोरोनाविरुद्धको नयाँ उपकरण बनाउन लागि परेको हो।

नासाका प्रशासन प्रमुख जिम ब्राइडेनस्टाइनले भनेका छन्, ‘ नासासँग धेरै वैज्ञानिक इन्जिनियर र अनुसन्धानकर्ताहरु धेरै छन्। हामी पनि समाजको सदस्‍य र छिमेकी अनि राष्ट्रका नागरिक हौ।यस्तो महामारीको अवस्थामा छिमेकी, समाजको र राष्ट्रको नागरिकै हैसियतले केही योगदान गर्न चाहन्छौँ।’

उनका अनुसार मेडिकल क्षेत्रमा दक्षता हासिल गरेकाहरुले कोरोनाको विशेष उपकरणका लागि काम गर्नेछन् जसले आपत्तकालमा स्वास्थ्य संस्थालाई चाहिने आवश्यक उपकरण प्रदान गर्न सजिलो बनाउनेछ।

सुरुमा उनीहरुले बनाएको अक्सिजन बक्सको प्रोटोटाइप अहिले काम गरिरहेको अवस्थामा भएकाले थप ५ सय वटा उत्पादन गर्ने बतायएको छ।

यसका साथै नासाले फ्रन्टलाइनमा बसेर काम गर्ने चिकित्सकहरुलाई लागि सुरक्षित उपकरण बनाउने प्रतिबद्धता व्‍यक्त गरेका छन् । भर्जिन गालाक्टिकका कार्यकारी प्रमुख जर्ज ह्वाइटसाइडस्‌ले भनेका छन्, ‘ हामीले आफ्नो दक्षता, सीप र सहकार्य गरेर क्षेत्रीय अस्पतालहरुलाई चाहिने मेडिकल सामग्रीहरु बनाउनेछौ। यसले आपत्तकालिन अवस्थामा धेरै काम दिनेछ खास गरी विरामीलाई बचाउन अस्पतालमा काम गर्ने चिकित्सक कर्मचारीहरुका लागि।’

नासाको इन्जिनियरहरुले बनाएको उपकरणलाई माइक बुटिङगिग नााम दिएका छन्। यो कोरोनाका विरामीका लागि अक्सिजन तान्‍ने बक्स हो। जसले कोरोनाका विरामीहरुलाई श्‍वास फेर्न गाह्रो हुँदा भेन्टिलेटरको काम गर्छ। यो उपकरणले विरामीको फोक्सोले काम गर्न नसक्दा विशेष सहायता गर्छ।

यो उपकरणलाई नासाका इन्जिनियर एलेन पार्कर र उसको टीमले आर्मस्ट्रङले बनाएको हो। उक्त उपकरणबारे पार्करले भनेका छन्, ‘ यो उपकरणले कोरोनाको विरामीको दूषित हावाहरु बाहिर निकाल्नेछन् र स्वास्थ्य संस्थामा काम गर्नेहरुले कम जोखिममा काम गर्न पाउनेछन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?