
नयाँ दिल्ली – उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पितृ शोक परेको छ। आदित्यनाथका बुबा आनन्द सिंह विष्टको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा सोमबार उपचारका क्रममा निधन भएको हो।
आनन्दलाई केही समययता कलेजो र मृगौला सम्बन्धी रोग थियो। उनी गत मार्च १५ तारिखमा एम्स अस्पताल भर्ना भएका थिए। उत्तराखण्डको यामकेश्वर क्षेत्रमा पर्ने पन्चुर गाउँमा बस्दै आएका आनन्द पूर्व सरकारी बन कर्मचारी हुन्। उनले सन् १९९१ मा सेवाबाट अवकाश पाएका थिए।
भारतीय सन्चार माध्यमले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बुबाको अन्तिम संस्कारमा सहभागी नहुने उल्लेख गरेका छन्।