एक साताभित्र चीनबाट भारतमा २० वटा जहाजमा मेडिकल सामग्री आउँदै

एक साताभित्र चीनबाट भारतमा २० वटा जहाजमा मेडिकल सामग्री आउँदै
+
-

नयाँ दिल्ली- भारतले कोरोना भाइरस महामारीविरुद्ध लड्न चीनबाट मेडिकल सामग्री आयातलाई तिव्रता दिएको छ।

अप्रिल २१ देखि अप्रिल २७ तारिखको बीचमा सामान ल्याउन चीनियाँ उड्ययन प्राधिकरणमा निवेदन दिइएको सरकारी अधिकारीको भनाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

पछिल्लो २ सातामा चीनबाट २४ वटा जहाजले भारतमा मेडिकल सामग्री ल्याएको जनाइएको छ। सांघाई, ग्वन्जाउ, सेन्जेन, सीयान, हङकङबाट ल्याइएका ती मेडिकल सामग्रीको परिमाण ३ सय ९० टन छ। मेडिकल सामग्रीमा पीसिआर टेस्ट किट्स, र्‍यापिड एन्टि बडी टेस्ट, थर्मोमिटर  र पीपिईलगायत छन्।

भारतको विदेश मामिला मन्त्रालयका अनुसार ती सामग्रीहरु इम्पेरियल लाइफ साइन्सेस, एचएलएल, म्याट्रिक्स ल्याब्स, इनभेक्स हेल्थकेयर, म्याक्स, रिलायन्स, टाटा, अदानी समूहलगायतका छन्। कर्नाटका, आसाम, तामिल नाडु र राजस्थानले पनि मेडिकल सामग्री चीनबाट ल्याएका छन्। गत सातामात्र चीनबाट आएका दुई वटा जहाजमा ६ लाख ५० हजार टेस्टिङ किट्स रहेको जनाइएको छ।

चीनियाँ कम्पनीसँग भारत सरकार र तथा नीजि कम्पनीले एक करोड ५० लाख पीपिई र १५ लाख र्‍यापिङ टेस्टिङ किट्सका लागि सम्झौता गरेको सरकारी अधिकारीको भनाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। यसअघि चीनको वुहानमा कोरोना महामारी उच्च रहेका बेला भारतले पनि त्यहाँ मेडिकल सामग्री पठाएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?