
सिमकोट-हिमाली जिल्लामा हुम्लामा कोरोना भाइरस संक्रमणको त्रासले गर्दा आफ्नो गाउँ र पालिकाको सिमानामा रहेको झोलुङ्गे पुलमा काँडाको बार लगाउने बढ्न थालेका छन्।
बाहिरका मानिसहरु आफ्नो क्षेत्रमा जथाभाबी प्रबेश गर्न थालेपछि पुलमा काँडाको बार लगाउने परेको स्थानीयको दाबी छ।
शनिबार नाम्खा गाउँपालिकाको वडा नम्बर ३ को खगालगाउँ जाने बाटोमा पर्ने कर्णाली नदी माथिको झोलुङ्गे पुल माथि काँडा बारेर मानिस आउजाउ गर्न नसक्ने बनाएको तीन दुई दिन पनि सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ४ को सर्केगार्डमा पनि चंखेली गाउँपालिकाको सिमानामा पर्ने खोला माथिको पुलमा पनि बार लगाइएको छ।
स्थानीयले कोरोना त्रासकै कारण अन्यत्रबाट मानिसहरुको आवत जावत रोक्नका लागि यस्तो गर्नु परेको बताउदै आएका छन् । धेरै गाउँ बस्तीमा यस अघि नयाँ मानिस गाउँमा पसे नगद जरिवानाको पनि सजाय बनाई सकेका छन्।
त्यस्तै नाकामा पहरा दिएर मानिस छिर्न नदिने ब्यबस्था पनि पालिकाहरुले गरेका छन्। कतिपय गाउँमा सामाजिक मान्इता अनुसार कोरोना भगाउने भनेर बोकाको बली पनि दिएको अबस्था छ ।
कोरोना कहर बढ्दै जाँदा पुलमा नै बार लगाउने स्थिती गाउँले पुगेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु लामाले बताए।