उत्तर कोरियाका नेता किमको स्वास्थ्य अवस्था ‘क्रिटिकल’

उत्तर कोरियाका नेता किमको स्वास्थ्य अवस्था ‘क्रिटिकल’
+
-

सिउल – दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेता किम जोन उनको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ।

अचानक गर्नु परेको शल्यक्रियाका कारण उनको स्वास्थ्य बिग्रिएको दाबी दक्षिण कोरियाका अधिकारी र अमेरिकी गुप्तचर अधिकारीलाई उदृत गर्दै सिएनएनले गरेको छ।

दुई कोरियाको मामिला हेर्ने युनिफिकेसन मन्त्रालयले  सिएनएनले प्रकाशित गरेको समाचारबारे कुनै प्रतिक्रिया जनाएको छैन। केही सन्चार माध्यमले उत्तर कोरियाको राजधानी प्योङयाङमा किम जोन उनको मुटुको शल्यक्रिया भएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन्।

उत्तर कोरियाका संस्थापक नेता किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने विदामा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो। किम सङ, किम जोन उनका हजुरबुबा हुन्। अप्रिल १५ तारिख उत्तर कोरियामा विषेश दिन मानिन्छ।

उत्तर कोरियामा मिडियामाथि सरकारको नियन्त्रण रहेका कारण त्यहाँका गतिविधिहरु फिल्टर भएर मात्र बाहिर आउँछन्। दक्षिण कोरियाका गुप्तचर निकायको हवला दिँदै मिडियाले समाचार लेख्ने गरेका छन्।

किम सार्वजनिकरुपमा नदेखिने वित्तिकै उनको स्वास्थ्य बिग्रिएको भनेर समाचार प्रकाशित हुने गरेको छ। यसअघि सन् २०१४ मा किम जोन उन ६ साता बाहिर नदेखिँदा पनि उनको स्वास्थ्य विग्रिएको भनेर समाचार बाहिर आएको थियो। त्यतिबेला दक्षिण कोरियाका गुप्तचर निकायले किमको गोलिगाँठामा समस्या भएको दाबी गरेका थिए।

बुबाको निधन भएपछि किम जङले सन् २०११ यता उत्तर कोरियाको सत्ता चलाइरहेका छन्। उनी उत्तर कोरियाको सत्ता सम्हाल्ने परिवारका तेस्रो पुस्ता हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?