नयाँ दिल्ली – भारतीय कांग्रेसका नेता राहुल गान्धीले सरकारले धनिलाई बचाउन चामलबाट सेनिटाइजर बनाएर भोकभोकै जिवन गुजारिरहेका गरिबलाई मार्न खोजेको बताएका छन्।
राहुल गान्धिले ट्वीटरमा हिन्दी भाषामा लेख्दै गरिबहरु भोकभोकै मरिरहेका बेला सरकारले सेनिटाइजर बनाउन चामलको प्रयोग गर्न अनुमती दिएकोप्रति आक्रोश पोखेका छन्। उनले गरिबहरु सरकारको निर्णयविरुद्ध उत्रन आह्वान गरेका छन्।
भारतमा हालसम्म १८ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने करिब ६ सय जनाको ज्यान गइसकेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































