पुनेको एउटै अस्पतालका १९ जना नर्सलाई कोरोना भाइरसको संक्रमण

पुनेको एउटै अस्पतालका १९ जना नर्सलाई कोरोना भाइरसको संक्रमण
+
-

नयाँ दिल्ली – भारतको पुनेस्थित रुबी हल क्लिनिकका १९ नर्ससहित २५ स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ। तर उनिहरु सबैमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको अधिकारीहरुको भनाई उदृत गर्दै भारतीय मिडिया द हिन्दुले उल्लेख गरेको छ।

अस्पतालमा कार्यरत एक हजार कर्मचारीमा पछिल्ला १५ दिनमा कोरोना भाइरस संक्रमणको परिक्षण गरिएको रुबी हल क्लिनिक प्रमुख कार्यकारी अधिकृत बोमी भोटेले बताएका छन्। संक्रमित सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ। भोटेका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अस्पतालमा कार्यरत एक कर्मचारी कोरोना संक्रमणबाट उच्च प्रभावित क्षेत्रमा बस्ने भएकाले सबै कर्मचारीमाथी परिक्षण सुरु गरिएको रुबी हल क्लिनिक प्रशासनले जनाएको छ।

गत अप्रिल १२ तारिखमा उक्त अस्पतालमा कार्यरत ४५ वर्षीया नर्समा कोरोना भाइरस संक्रमण देखिएको थियो। उनी विदा सकेर काममा फर्किएकी थिइन् । कोरोना संक्रमणको लक्षण देखिएपछि उनको परिक्षण गरिएको थियो। लगत्तै पुनेकै सेसुन अस्पतालमा कार्यरत चार जना नर्सलाई पनि कोरोना संक्रमण देखिएको थियो।

अप्रिलको पहिलो साता पुनेकै एक अस्पताल र मेडिकल कलेजका चिकित्सक र नर्ससहित ४० जनालाई क्वारेन्टाइनमा राखिएको थियो।  दुर्घटना भएर  अस्पतालमा उपचार गर्न पुगेका एक रिक्सा चालकलाई पछि परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पनि देखिएपछि अस्पतालमा कार्यरत नर्स र चिकित्सकलाई क्वारेन्टाइनमा राखिएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?