
नयाँ दिल्ली – मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले जिम्मेवारी सम्हालेको २९ दिनपछि मन्त्रीहरु थपेका छन्।
उनले पाँच जना मन्त्रिहरु नियुक्त गरेका हुन्। कोरोना भाइरसको महामारी चलिरहेका बेला चौहानले एक्लै प्रदेश मन्त्रिमण्डल चलाइरहेका थिए। मन्त्रि हुनेहरुमा भारतीय जनता पार्टीका नरोत्तम मिश्र, कमल पटेल, मिना सिंह, तुलसी सिलावात र गोबिन्दसिंह राजपुत छन्।
राजनीतिक संकटपछि कांग्रेस सांसद कमल नाथले मुख्यमन्त्रीबाट गत मार्च २० तारिखमा राजिनामा दिएपछि चौहान प्रदेशको सत्तामा आएका हुन्। कमल नाथ कांग्रेस नेता थिए। उनको मन्त्रीमण्डलमा रहेका सिलावात र राजपुतले राजिनामा दिएपछि नाथमाथी राजनीतिक दबाब सुरु भएको थियो।