६० जना विद्यार्थीसहित हुम्लाका झण्डै २ सय व्यक्ति नेपालगञ्जमा अलत्रप

६० जना विद्यार्थीसहित हुम्लाका झण्डै २ सय व्यक्ति नेपालगञ्जमा अलत्रप
+
-

सिमकोट – बन्दाबन्दी सुरु भएयता एक सय ९० जना हुम्लाका बासिन्दा नेपालगञ्जमा अलपत्र परेका छन्।

चैत्र १० गते काठमाडौँ लगायत देशका विभिन्न शहर र भारतबाट हुम्ला आउने तयारीमा रहेका उनीहरु हवाई सेवा बन्द हुँदा घर आउन नपाएपछि नेपालगञ्जमै अलपत्र परेका हुन् ।

सिमकोट गाउँपालिका वडा नम्बर ४ का गणेश बहादुर महतले हुम्ला जाने तयारी भएर पनि बन्दाबन्दीले जान नपाएर नेपालगञ्जमा एक सय नब्बे जना हुम्लाबासी अलपत्र परेको बताए ।

ती मध्य ६० जना राँझास्थित होटेलमा एक महिनादेखि बस्दै आएका छन् । होटेलमा बस्ने खाने समस्या भैरहेको उनले बताए । २० जना वृद्धवृद्धा रहेका छन् भने ६० जना विद्यार्थी रहेका छन् ।

होटेलमा बस्नका लागि खर्च सकिएपछि विद्यार्थीहरुको बिचल्ली भएको छ । उनीहरुले सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाईदिन सरकारलाई आग्रह गरेका छन् ।

यात्राको व्यवस्था गर्न नसके नेपालगञ्जमै खान बस्नको व्यवस्था मिलाईदिन उनीहरुले आग्रह गरेका छन् । उद्धारका लागि पहल गरेपछि कतैबाट सुनुवाई हुन नसकेको गुनासो उनीहरुको छ ।

यता अलपत्र परेका १५ वर्ष भन्दा कम उमेरका बालबालिकाहको सम्बन्धित वडाले अभिलेख तयार गरेर ल्याउन वडा अध्यक्षहरुलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?