कोरोना भाइरविरुद्धको खोपको मानवीय परीक्षण बेलायतमा सुरु

कोरोना भाइरविरुद्धको खोपको मानवीय परीक्षण बेलायतमा सुरु
+
-

कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षण युरोपमा पहिलोपटक सुरु भएको छ। सम्भावित खोपको परीक्षण अक्सफोर्डमा सुरु भएको जनाइएको छ ।

खोपको परीक्षणका लागि स्वतन्त्र रुपमा तयार भएका दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । खोपको परीक्षणका लागि ८०० भन्दा बढी मानिसले आफ्नो नाम लेखाएका छन् ।

त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप दिइने छ र बाँकी आधालाई मेनेनजाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ ।

तर खोप लगाउने प्राप्त गर्ने व्यक्तिलाई भने आफूलाई कुन खोप दिइएको छ भन्ने थाहा हुने छैन, डाक्टरहरुलाई मात्रै यसबारे जानकारी हुनेछ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छन् ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो ।

उनले भनेकी छन्, ‘व्यक्तिगत रुपमा मलाई यो खोपमा अधिक आशा छ । तर हामीले परीक्षण गर्नु पर्छ र मानवबाट तथ्यांक पनि लिनु पर्छ । खोपले वास्तवमै काम गर्न भनेर देखाउनु पर्छ ।’

यसअघि उनले खोपले काम गर्छ भन्नेमा आफू ८० प्रतिशत ढुक्क रहेको बताएकी थिइन् । तर उनले योपटक आँकडामा विश्वास व्यक्त गरेकी छैनन् । उनले आफू अति आशावादी रहेको उल्लेख गरेकी छन् ।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि अर्को प्रकारको कोरोना भाइरस मर्सविरुद्धको खोप बनाएको थियो ।

यसअघि नै अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास भएका छन् र कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेका छन् ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसः ७ लाख ४५ हजार मानिसहरु उपचारपछि निको भए

कोरोना भाइरसः ७ लाख ४५ हजार मानिसहरु उपचारपछि निको भए

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?