हुम्लामा दैनिक उपभाेग्य वस्तुको मूल्य आकासियाे

हुम्लामा दैनिक उपभाेग्य वस्तुको मूल्य आकासियाे
+
-

सिमकोट– कोरोना कहरले बन्दाबन्दी जारी रहेको अवस्थामा हुम्लामा दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासियकाे छ।

एकातिर एक महिनादेखि जिल्ला बाहिरबाट दैनिक उपभोग्य सामान भित्रिन नपाएको अवस्थामा ती सामानको अभावका साथै मूल्य पनि बृद्धि भएको हो।

होटेल मानसरोवरका सञ्चालक दन्त रावतले अचेल बजारमा दैनिक उपभोग्य सामानको मुल्यबृद्धि भएको बताए। उनले बजारमा खरिद गर्न जाँदा दैनिक उपभोग्य सामानको मूल्य एक सयदेखि एक सय पचास रुपियाँसम्म बढेको भएको उल्लेख गरे।

विशेषगरि बजारमा चिनी, मैदा, आटा, साबुन, तेल र मसला लगायतका दैनिक उपभोग्य सामानहरुको मूल्यबृद्धि गरिएको हो। आधा लिटर तेलको मुल्य १४० रुपैयाँबाट बढेर १६० रुपैयाँ पुगेको छ भने चिनीको प्रतिकेजी २२० रुपैयाँबाट २८० रुपैयाँसम्म पुगेको छ।

त्यस्तै अन्य उपभोग्य सामानको पनि मुल्य बृद्धि भएको छ। बन्दाबन्दी सुरु भएको करिब एक महिनाको अवधिमा दैनिक उपभोग्य सामानहरु हवाई मार्गबाट ढुवानी भएर आउन सकेको छैन।

एकातिर सामानको अभाव देखिन थालेको छ भने अर्कोतर्फ भएको सामानको मूल्यबृद्धि हुँदा उपभोक्ता मारमा परेका छन्।

उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले संघले बजारको अनुगमन गरी मूल्यबृद्धि गरेको भेटिए कारवाही गर्ने बताए। तर संघले पनि अनुगमन सुरु गरेको छैन।

स्थानीय प्रशासनले पनि बजार अनुगमन गर्ने कुनै सुरसार गरेको देखिँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?