अन्नपूर्णको हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला
+
-

कास्की – अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप एकजनाको शव सोमबार भेटिएको छ । थप एकजना कोरियाली नागरिकको शव पदमार्ग अन्तर्गत देउरालीमा फेला पारेको हो ।

अन्नपूर्ण गाँउपालिका–१ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका मध्ये सोमबार भेटिएका कोरियाली नागरिकको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र काठमाडौँ पठाउने तयारी भएको नेपाली सेनाले जनाएको छ ।

यसअघि गएको शनिबार दुईजनाको शव घटनास्थल नजिक मोदी नदी किनारमा भेटिएको थियो । ती दुई शव भने काठमाडौँ ल्याएर त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो। हराइरहेका एक नेपाली र एक कोरियालीको शव खोजी भइरहेको पनि सेनाले जनाएको छ ।

कोरियाली नागरिकको शव लिन उनीहरुका आफन्त आएको भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन तथा उडान बन्द भएका कारण अन्यौल भएको छ । उनीहरुको अन्त्यष्टि यतै गर्ने वा स्वदेश नै लैजाने भन्ने बारे परिवारका सदस्यले निर्णय गर्ने कोरियाली दूतावासले जनाएको छ ।

आफ्नो देशका नागरिक हिमपहिरोमा बेपत्ता भएपछि उनीहरुको खोजी तथा उद्धारमा नेपालका लागि कोरियाली राजदूत पार्क यङ सिकले व्यक्तिगत रुपमै चासो देखाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?