कर्णाली प्रदेशद्वारा आफ्ना नागरिकको उद्धार, तर छैनन् पर्याप्त क्वारेन्टाइन

कर्णाली प्रदेशद्वारा आफ्ना नागरिकको उद्धार, तर छैनन् पर्याप्त क्वारेन्टाइन
+
-

हसिमकोट-हुम्लाबासीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार कार्य सुरु गरेपछि जिल्लामा आइपुगेपछि क्वारेन्टाईनमा राख्ने पिरलो सुरु भएको छ।

ठूलो संख्यामा हुम्लाबासीलाई सात वटा गाडीमा उद्धार गरिदा हुम्लाका गाउँपालिकासँग भएका सिमित क्वारेन्टाईनमा यतिखेर उनीहरुलाई राख्न समस्या हुने भएको हो।

एउटा गाउँपालिकामा बढीमा पचास वार्डको क्वारेन्टाईन रहेको छ । त्यो पनि सबै गाउँपालिकामा होइन । कुनैले त दश वटा मात्र क्वारेन्टाईन वार्ड स्थापना गरेका छन्। उनीहरुको लागि जिल्ला बाहिरबाट उद्धार गरिएका नागरिकलाई क्वारेन्टाईनमा राख्नु निक्कै चुनौती हुनेछ।

सोमबार कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट चंखेली, अदानचुली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकाका गरि २९५ जना नागरिकलाई सुर्खेतबाट मुगुसम्म गाडीमा उद्धार गरिएको छ।

उनीहरु सबै तीन देखि पाँच दिनसम्म आ आफ्नो गाउँ पालिकामा पुग्नेछन् । तर पाँच वटै गाउँपालिका गरि एक सय बीस भन्दा बढी क्वारेन्टाईन छैनन् । नयाँ क्वारेन्टाईन ब्यबस्थापन गर्ने तर्फ पनि सुरसार छैन । पछिल्लो उद्धारको लटमा ठुलो संख्यामा महिला र बालबालिकाहरु रहेका छन् । त्यो पनि ब्यबस्थापन गर्न चुनौती देखिएको छ।

जिल्ला बिपद ब्यबस्थापन समितिले एक ठाउँमा उद्धार गरिएका नागरिकहरुलाई क्यारेन्टाईनमा ब्यबस्था गरेर राख्न कठिन हुने भन्दै सम्बनिधत वडाले जिम्मा लिनु पर्ने निर्णय यस अघि नै गरि सकेको छ।त्यसैगरी बुधबारबाट नेपालगंज र सुर्खेतदेखि हवाई मार्गबाट माथिल्लो हुम्लाका नागरिकलाई उद्धार गर्ने तयारी भै रहेको छ।

त्यसमा दुई सयभन्दा बढी हुम्ली आउने छन्। यसअघि पनि भारत तथा देशका अन्य भागहरुबाट हुम्ला भित्रिनु भएका ८९४ जना मध्ये ११७ जना मात्र क्यारेन्टाईनमा बस्नु भएको थियो। अन्य सबै गाउँ पुग्ने बित्तिकै आ आफ्नो घरपरिवारका सदस्यहरुसंग बस्दै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?