
सिमकोट-बजारभरी म्याद गुज्रेको सामान पाईन थालेको छ। बन्दाबन्दीको कारण बजार नखुलेकोले बिक्री बितरण गर्न नपाईदा सामानको म्याद गुज्रेको हो ।
पसल खुल्ने समयमा दैजिक उपभोग्य सामन खरिद गर्न निस्कीएकी सिमकोट बजारकी गृहणी मधु बस्नेत शाहीले पाँच वटा सपलमा जाँदा सामानको म्याद गुज्रेको भेटाएको बताइन्। खुलेको पसलमा चाहार्द जम्मै आवश्यक पर्ने सामान म्याद गज्रेको पाएपछि उनी रित्तै हात घर फर्कन बाध्य भएकी थिईन ।
उनलाई मसला, बिस्कुट, पेय पदार्थ, आटाको आबश्यकता परेको थियो तर सबै सामान खुलेका पसलहरुमा चाहार्दा म्याद गुज्रेको पाइएपछि रित्तै फर्कनुको बिकल्य नभएको उनले बताइन्। त्यसपछि उनले आफुसंग घरमा भएको जे छ त्यहीबाट चलाउने निधो गरिन । बजारमा चिनी, तेल साबुन जस्ता सामानहरुको अभाब छ ।
यसरी बस्नेत जस्तै सबै ग्राहकहरुले म्याद गुज्रेको सामान हेर्ने बानी नै छैन भन्दै मान सरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बसन्त रोकायाले धेरैले आबश्यक सामान किन्ने मात्र काम गर्ने बताए । सेवाग्राहीमा चेतनाको कमीको फाईदा उठाउदै ब्यापारीहरुको यो कामका बिरुद्ध सरोकारवाला निकाय जाग्नु पर्ने आबश्यक रहेको बताए।
म्याद गुज्रेका सामान नष्ट गर्नु र अभाब भएका सामानहरुको ब्यबस्थाका लागि पहल गर्नु सरोकारवाला पक्षको दायित्व हो । गत चैत ११ गतेबाट बन्दाबन्दी सुरु भएपछि नयाँ दैनिक उपभोग्य सामान भित्रिएको छैन। यसले ती सामानको अभाव हुनु स्वभाबिकै हो।
ती सामानहरु ढुवानी गर्नका लागि ब्यापारीहरुले पहल गरेको भएपनि कतैबाट समस्या समधानको उपाय निकाल्ने तर्फ ध्यान जान नसकेको सेवाग्राहीको गुसानो छ।
हुम्लामा सामानको अभाव र प्रयोगका लागि समय सकिएका सामानहरुका बारेमा केही सेवाग्राहीहरुले सामाजिक सञ्जाल मार्फत गुनासो गरेपनि सरोकारवाला निकाय भने मौन देखिएको छ। यी निकायहरु बन्दाबन्दी भनेर बजार अनुगमनतर्फ लागेको देखिदैन। बजारमा भेटिएका सामानहरुको प्रमाण सहित उजुरी आए कारवाही गरिने भन्ने मात्र जबाफ आउने गरेको स्थानीयको गुनासो छ।