लकडाउनकाबीच हुम्लामा विकास निर्माण कार्य सुरु

लकडाउनकाबीच हुम्लामा विकास निर्माण कार्य सुरु
+
-

सिमकोट-कोरोना कहरले ठप्प भएको विकास निर्माणको काम हुम्लाको एक गाउँपालिकाले सुरु गरेको छ। काम बन्द हुँदा भौतिक प्रगति हाँसिल गर्न नसकिने भएपछि बन्दाबन्दीका बिच पनि पुर्बाधार बिकासको काम अगाडि बढाइएको हो।

गाउँपालिकाको आन्तरिक लगानीबाट सिमकोट रलिङसम्मको पर्यटकीय सडकको निर्माण कार्य अगाडी बढाइएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले बताए। सडक निर्माणका लागि मेशिन र प्राबिधिकहरु गएर सुरु गरिएको उनले बताए।

निर्माणका काम गर्दा सामाजिक दुरी भने कायम गरिनेछ। बन्दाबन्दी अगाडी पनि खासै बिकास निर्माणका कामहरु अगाडी बढाउन नसकेको गाउँपालिकाले बन्दाबन्दीमा त झन केही गर्न पाएको थिएन।

केही समय अगाडी बसेको गाउँ कार्यपालिकाको बैठकले टेण्डर भइ सम्झौता भएका योजनाहरुको बिकासे काम बन्दाबन्दीमा साबधानी अपनाएर अगाडी बढाउने निर्णय गरेको थियो।

निर्माण कम्पनीबाट अगाडी बढाइएको कामले सुरुवात पाएसंगै अब अन्य सम्झौता भएका कामहरु पनि अगाडी बढाउने गाउँपालिकाले जनाएको छ। यसअघि पनि खेल मैदानमा निर्माण हुने कबड हल र प्यारापिडको निर्माण कार्य पनि अगाडी बढाएको थियो।

आर्थिक बर्ष सकिन साढे तीन महिना बाँकी रहेका बेला र बिषम परिस्थितीमा विकास निर्माणका कामलाई अगाडी बढाएको गाउँपालिकाले जनाएको छ। त्रास र सुरक्षाका कारण अन्य गाउँपालिकाहरुले भने काम सुचारु गर्न सकेको छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?