
हुम्ला – सुर्खेतबाट हुम्ला आउँदै गरेकाहरुलाई मुगुमा पत्रकारहरुले खाजा तथा खाना खुवाएका छन् । कर्णाली सरकारले उद्धार गरेर हुम्ला ल्याउन थालेका उनीहरुलाई मुगुमा नेपाल पत्रकार महासंघ गुमुका अध्यक्ष निपेन्द्र बहादुर मल्लले राहतस्वप खाना तथा खाजा उपलब्ध गराएका हुन् ।
मुगुको सदरमुकाम गमगढी पुगेका उनीहरुलाई लकडाउनका कारण खानाको समस्या थियो । अध्यक्ष मल्लले सात वटा गाडीमा उद्धार गरि मुगु पुगेका ३०९ जनालाई प्रति व्यक्ति एक वटा चाउचाउ, एकवटा बिस्कुट र एक बोतल पानी सहयोग गरेका हुन् ।
मल्लले मानवीय भावनाका साथ व्यक्तिगत खर्चमा उक्त सहयोग गरेको बताए । गमगढीमा खाना पकाएर खुवाउने योजना रहेको भएपनि स्थानीय प्रशासननले ठूलो भिडभाड नगर्न माथिको निर्देशन आएको भनेपछि उनले तयारी खानाको व्यवस्था गरेको बताए ।
प्रदेश सरकारले गाडीमा गमगढी सम्म पु¥याएका उनीहरु अब पैदल हिँडेर हुम्ला पुग्ने छन् ।