कार्टुन भिडियो बनाउँदै चीनले गर्‍यो अमेरिकालाई व्यंग्य, आफ्नो सुझाव नमानेको आरोप

कार्टुन भिडियो बनाउँदै चीनले गर्‍यो अमेरिकालाई व्यंग्य, आफ्नो सुझाव नमानेको आरोप
+
-

बेइजिङ- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण विश्वभर ३३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ।

सबैभन्दा बढी पीडित अमेरिका छ। अमेरिकामा करिब ११ लाख संक्रमित छन् भने लगभग ६४ हजारको ज्यान गएको छ। चीनमा ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि उनको खुबै आलोचना भएको थियो। चीनले लापरबाही गरेको आरोप अमेरिकाले बारम्बार लगाउँदै आएको छ।

हालसालै चीनले एउटा कार्टुन भिडियो बनाएर सार्वजनिक गरेको छ जसमा अमेरिकाले कोरोना भाइरसको महामारीबारे सावधानी अपनाउन दिइएको सुझाव नमानेको दावी गरिएको छ।

फ्रान्सका लागि चिनियाँ राजदुतावासले बिहीबार ट्विटरमा उक्त भिडियो पोष्ट गरेको छ। ‘वन्स अपन अ भाइरस’ भिडियोको शीर्षक दिएर चीनले आफ्नो देशमा कोरोना भाइरस एकादेशको कथाजस्तै भएको संकेत गर्न खोजेको छ।

भिडियोमा महामारीको घटनाक्रम देखाउनुका साथै कार्टुनमार्फत चीन र अमेरिकाले एकअर्कालाई आरोपप्रत्यारोप गरिरहेको देखाइएको छ। त्यसमा चीनले जनवरीमा नयाँ भाइरस आएकोबारे अमेरिकालाई जानकारी गराएको तर वासिङ्टनले वास्ता नगरेको देखाइएको छ।

एक मिनेट ३९ सेकेन्ड लामो भिडियोमा चीनले जनवरीमा लकडाउनको घोषणा गर्दा अमेरिकाले ‘बार्बरिक’ निर्णय भनेर बोलेको देखिन्छ। त्यतिमात्र होइन, अमेरिकाले चीनलाई मानव अधिकार उल्लंघन गरेको भनि पटकपटक आरोप लगाइरहेको भिडियोमा देख्न सकिन्छ। भिडियोको अन्तिमतिर अमेरिकाले आफुहरु विरोधाभाषपूर्ण भएपनि सँधै सही भएको भनेको देखिन्छ।

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’