सुर्खेतबाट उद्धार गरिएकाहरुको ज्वरो नाप्‍ने किट छैन

सुर्खेतबाट उद्धार गरिएकाहरुको ज्वरो नाप्‍ने किट छैन
+
-

सिमकोट-कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार गरिएका नागरिक मध्ये तााजाकोट गाउँपालिकाका १६ जना नागरिक गाउँमा आइपुगेका छन्।

उद्धार गरिएको नागरिक गाउँ पालिकामा आई पुगेपनि उपकरणको अभाबमा उनीहरुको ज्वरो नाप्ने र वडा वडामा क्वारेन्टाइन बनाउँदै राख्‍ने तयारी गाउँपालिकाले गरि रहेको छ।

सुर्खेतबाट उद्धार गरि पालिकामा आई पुगेका नागरिकलाई थर्मलगनबाट ज्वरो नाप्ने र वडामा घरघरबाट कपडा र भाडा ल्याएर विद्यालयमा क्वारेन्टाईन बनाएर राख्ने तयारी गरि रहेको ताँजकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ले बताए। गाउँमा व्‍यवस्थित क्वारेन्टाईन बनाउन सम्भव नभएपछि बाध्य भएर यस्तो गर्नु परेको उनले बताए।

आडिटी किटहरु नभएको कारण गाउँमा नयाँ आउने मानिस कसैको पनि कोरोना संक्रमण परिक्षण गर्न सकिने अबस्था छैन। खाली ज्वरो नाप्ने काम मात्र स्वास्थ्यकर्मीले गरि रहेको उनले बताए। ताँजाकोट गाउँपालिकामा ३२ जना उद्धार गरिएकाहरु नगरिक आउदैछन् । गाउँपालिका केन्द्र छप्रेलामा दश बेडको क्वारेन्टाइन वार्ड स्थापना गरिएको छ।

अन्य कुनै पनि वडामा वार्डको ब्यबस्था भएको छैन। घरघरबाट कपडा र भाँडा ल्याउर विद्यालयमा बसाल्नु पर्ने बाध्यात रहेको छ। वैशाख १४ गते राती हुम्लाका नागरिकलाई सात वटा गाडीमा उद्धार गरेर मुगुसम्म पठाइए र त्यसपछि उनीहरु पैदलै हुम्ला आइपुगेका हुन। यो अवस्था अन्य अदानचुली र चंखेली गाउँपालिकाको पनि उस्तै रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?