
सिमकोट – किसानहरु अहिले यता जेठासी बालीमा उम्रेको झारपात पन्छाउन र गोडमेलमा व्यस्त भएका छन् । हुर्कँदो जेठासी बालीलाई राम्रो बनाउनका लागि किसानहरु गोडमेलतर्फ लागेका हुन् ।
सिमकोट गाउँपालिका वडा नम्बर ३ का किसान छिरिङ लामाले बन्दाबन्दी जारी रहेका बेला किसानहरुलाई बारीमा जौ, गहुँ र उवासँगै उम्रेको झारपात पन्छाउनु दैनिकी भएको बताए ।
जेठासी बाली लगाएको जग्गामा किसानहरु सामाजिक दूरी कायम गरि गोडमेलमा व्यस्त छन् । लामाका अनुसार बिहान सबेरै उठेर कुटो कोदालो समातेर खाना समेत बोकेर जौ गहुँ गोडमेल गर्ने किसानहको चटारो छ ।
कति ठाउँमा भने कुलोबाट पानी बारीमा लगाउन पनि व्यस्थता बढेको छ।