दिल्लीमा मदिरा किन्न एक किलोमिटरसम्मको लाइन

दिल्लीमा मदिरा किन्न एक किलोमिटरसम्मको लाइन
+
-

नयाँ दिल्ली- दिल्लीमा सोमबारदेखि खुलेका मदिरा पसलमा मानिसको घुइँचो देखिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार मदिरा पसलहरुमा एक किलोमिटरसम्म मानिसको लाइन देखिएको छ।

पसलमा एक पटकमा पाँच जनाभन्दा बढी रहन नपाउने नियमबाबजुत मानिसहरुले कोरोना भाइरस संक्रमणविरुद्धका सामान्य सावधानीसमेत नअपनाइरहेको जनाइएको छ। दिल्लीको देशबन्धु गुप्ता रोडमा रहेको मदिरा पसलमा मानिसहरुको लामो लाइन र भिड देखिएको छ।

केही मदिरा पसलहरुको ग्राहकको भिडपछि खुलेको केही घण्टामै बन्द भएका थिए।

कोरोना भाइरसको जोखिम नरहेका दिल्लीका क्षेत्रहरुमा ४ सय ५० वटा मदिरा पसल खुल्न दिइएको  भारतीय समाचार संस्था पीटिआईले जनाएको छ।

दिल्लीका सबै ११ जिल्ला कोरोना भाइरसको ‘रेड’ जोनमा छन्। मलहरुका  मदिरा पसलहरु भने खुलेका छैनन्। दिल्लीमा पाँच सय ४५ वटा मदिरा पसल छन्। दिल्ली सरकारले केन्द्रीय सरकारको अनुमतिपछि खुल्न दिन मिल्ने मदिरा पसलको सूची तयार गरेको हो।

भारतको केन्द्रीय सरकारले केही दिनअघि मे १८ तारिकसम्म देशब्यापी लकडाउन लम्ब्याउने निर्णय गरेको थियो। पीटिआईका अनुसार दिल्लीमा ‘ग्रिन’ र ‘ओरेन्ज’ क्षेत्रसँगै रेड जोनका हटस्पटबाहेकका क्षेत्रमा मदिरा पसल र सुर्तिजन्य सामग्रीका पसलहरु खुल्न दिइएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’