मुम्बईका कम्तिमा २५० प्रहरीलाई कोरोना भाइरस संक्रमण, तीन जनाको मृत्यु

मुम्बईका कम्तिमा २५० प्रहरीलाई कोरोना भाइरस संक्रमण, तीन जनाको मृत्यु
+
-

मुम्बई –  मुम्बईका कम्तिमा २ सय ५० प्रहरीले कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ। मुम्बई पुलिस कमिसनर परमबिर सिंहले हालसम्म २ सय ५० प्रहरीलाई कोरोना संक्रमण रहेको जानकारी दिए।

सर जि पुलिस स्टेसनका मात्र १९ प्रहरीलाई संक्रमण रहेको पाइएको छ। मुम्बईका ९५ प्रहरी स्टेसनमध्ये धारवी, वादला र भाकोला पनि प्रभावित छन्। संक्रमित अधिकांश प्रहरीमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको र उनिहरुमध्ये कसैलाई पनि आईसियूमा राखेर उपचार गर्नु नपरेको कमिसनर सिंहले जानकारी दिए।

कोरोना भाइरसविरुद्धको लडाईमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा रहेर काम गरिरहेका छन्। मुम्बईमा हालसम्म तीन जना प्रहरीको कोरोना भाइरसका कारण ज्यान गएको छ।

महाराष्ट्रमा मात्र पाँच सय ३१ जना प्रहरी अधिकारीलाई कोरोना संक्रमण छ। तीमध्ये ५१ जना अधिकृत छन्। ३९ जना निको भएका छन् भने पाँच जनाको ज्यान गइसकेको छ।

मुम्बईको मुख्य बस्ती रहेको ब्रिहानमुम्बई म्युनिसिपाल कर्पोरेसनमा मात्र हालसम्म ७५ हजार मानिस संक्रमित छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?