नयाँ दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ७५ प्रतिशत कोरोना भाइरस संक्रमितमा कुनै लक्षण नदेखिएको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
‘दिल्लीमा हालसम्म ६ हजार ९ सय २३ जना कोरोना संक्रमित छन्। यीमध्ये २ हजार ६९ जना निको भएका छन् भने ७१ जनाको मृत्यु भएको छ’, भिडियो कन्फेरेन्समा केजरीवालले भनेका छन्, ‘संक्रमितमध्ये एक हजार चार सय ७६ जना मात्र अस्पताल भर्ना हुनु परेको छ। अन्य घरममै वा कोभिड-१९ सेन्टरहरुमा छन्। हाम्रा स्वास्थ्यकर्मीहरु नियमितरुपमा उनिहरु बसेका घरमा पुगेर निर्देशन पालना भएनभएकोबारे बुझिरहेका छन्।’
केजरीवालका अनुसार घरमा छुट्टै कोठामा बस्ने व्यवस्था, शौचालयलगायतको असुविधा भए उनिहरुलाई कोभिड-१९ सेन्टरहरुमा राखिने गरिएको छ। भारतमा महाराष्ट्र र गुजरातपछि दिल्ली सबैभन्दा बढी कोरोना संक्रमित भएको भारतीय प्रान्त हो।

भर्खरै
लोकप्रिय






































































































































































































