कोलम्बिया – हाल अस्तित्वमा रहेकामध्ये विश्वको दोस्रो पुरानो हवाई जहाज कम्पनी ‘एभियंका’ बन्द हुने अवस्थामा पुगेको छ। कोलम्बियाको राष्ट्रिय ध्वजाबहाक विमान एभियंका सन् १९१९ मा स्थापना भएको थियो।
कम्पनीका सीईओ भान डर वर्फले कोरोना भाइरसको महामारी र यसको वर्तमान तथा भावी असरलाई हेरेर एभियंकालाई ‘टाट पल्टिएको’ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। एभियंकाले हवाई सेवा दिने ९० प्रतिशत देश लकडाउनमा छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ल्याटिन अमेरिकामा एभियंकाका २१ हजार कामदार छन्। हाल अस्तित्वमा रहेकामध्ये नेदरल्यान्ड्सको राष्ट्रिय ध्वजाबाहक केएलएम सबैभन्दा पुरानो हवाई विमान सेवा कम्पनी हो।।

भर्खरै
लोकप्रिय






































































































































































































