‘डिपिआर’ले सिंगो बस्ती नसमेटेको भन्दै स्थानीयद्वारा सडकमै प्रदर्शन

‘डिपिआर’ले सिंगो बस्ती नसमेटेको भन्दै स्थानीयद्वारा सडकमै प्रदर्शन
+
-

सिमकोट-कर्णाली करिडोर अन्र्तगत सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ल्याएको भन्दै स्थानीयले सडक निर्माण कार्य अगाडि नबढाउन माग गर्दै रिबोधमा उत्रिएका छन्।

सिंगो बस्तीनै सडक सञ्‍जालबाट विमुख हुने गरि हिल्सा सिमकोट सडक आयोजनाले गोप्य रुपमा डिपिआर तयार गर्दा जनता विकासको प्रतिफल पाउनबाट बन्चित भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन।

सिमकोट गाउँपालिका वडा नम्बर ५ को खादक बस्ती नै सडक सञ्जालबाट छुट्ने भएपछि आफुखुसी तयार गरिएको कर्णाली करिडोरको डिपिआरबाट निर्माण हुने सडकको निर्माण कार्य अगाडी बढ्न नदिने स्थानीय कुल रावतले बताए।

विकासका बिरोधी गाउँबासी नभएको भन्दै उनले जनताले दिएको बिकल्प मान्न समेत सरोकारवाला पक्षलाई सुझाब दिएका छन्। गोप्य रुपमा तयार गरिएको सडकको डिपिआरको क्षेत्र पनि वडा नम्बर ५ का बासिन्दा कै पर्ने र स्थानीयले अहिले सडक निर्माणका लागि दिन लागेको क्षेत्रबाट सडक निर्माण भए कम लागत पर्ने रावतले बताए।

३१४ घरधुरीको बस्तीलाई सडक सञ्जालसंग जोड्न स्थानीयको माग छ । स्थानीयको भनाई अनुसार एक देखि डेढ किलो मिटर सडकको लम्बाई पनि घट्ने सुझाब छ। सरकारलाई लागत पनि कम लाग्ने र जनतालाई पनि सुविधा पनि हुने सडक निर्माणमा ध्यान दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईसँग स्थानीय महिलाहरुले गुनासो गरेका थिए।

निर्धाण कार्य सुरु हुदा स्थानीयको बिरोधपछि रोकिएको काम सुचारु गर्न स्थानीय प्रशासनको अगुवाईमा स्थलगत रुपमा निस्केपछि स्थानीयले प्रुमख जिल्ला अधिकारीको टोलीसंग बिरोध जनाएको थियो। टोलीमा जनप्रतिनिधि, राजनीतिक दल र सुरक्षा निकायको पनि सहभागिता रहेको थियो। स्थानीयको बिरोधपछि प्रजिअको टोली फिर्ता भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?