एक महिनापछि संक्रमण बल्झिएको वुहानमा १० दिनभित्र एक करोड १० लाख मानिसको परिक्षण गर्ने तयारी

एक महिनापछि संक्रमण बल्झिएको वुहानमा १० दिनभित्र एक करोड १० लाख मानिसको परिक्षण गर्ने तयारी
+
-

वुहान – कोरोना भाइरसको उद्गम थलो चीनको वुहानले शहरका सबै बासिन्दामा कोरोना भाइरस रहे नरहेको थाहा पाउनका लागि परीक्षण गर्ने महत्वकांक्षी योजना ल्याएको छ ।
वुहानका एक करोड १० लाख मानिसको परीक्षण १० दिनभित्र गरिसक्ने योजना बनाएको चीनको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
यो योजना प्रारम्भिक चरणमा रहेको छ । हाल वुहानका सबै जिल्लाहरुलाई १० दिनभित्र परीक्षण गर्ने सम्बन्धमा विस्तृत योजनासहितको विवरण पठाउन आग्रह गरिएको समाचारमा उल्लेख छ ।
वुहानमा यो साप्ताहन्त ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सबै बासिन्दाको परीक्षण गर्ने योजना ल्याइएको हो । वुहानमा अप्रिल ३ यता पहिलो पटक संक्रमण देखिएको हो ।
११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहर गएको अप्रिल ८ पछि खुल्न थालेको थियो । विद्यालयहरु खुल्ने, व्यवसाय सञ्चालन हुने गरेपछि जनजीवन सामान्य अवस्थामा फर्किएको जस्तो ठानिएको थियो ।

तर नयाँ संक्रमण देखिएसँगै फेरि चिन्ता थपिएको छ ।  हरेक जिल्लालाई परीक्षणको आफ्नै योजना बनाउन भनिएको र १० दिनमा सबैको परीक्षण सक्ने तयारी थालिएको खबरमा उल्लेख छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’