
सिमकोट-कर्णाली प्रदेश सभाको छैटौ अबिधेशन आगामी जेठ ११ गतेबाट हुने भएको छ। मंगलबार बसेको कार्णाली प्रदेश सरकार मन्त्री परिषदले सो निर्णय गरेको हो।
मन्त्रीपरिषद बैठकले जेठ ११ गते बेलुका तीन बजे प्रदेश सभा हल सर्खेतमा सभा बस्ने गरि प्रदेश प्रमुखलाई सिफासिर गर्ने निर्णय गरेको मन्त्रीपरिषद प्रबक्ता मन्त्री बिमला केसीले बताइन्।
त्यसैगरि बैठकले कोरोना संक्रमण बिरुद्ध लड्नका लागि अस्पतालहरुको पुर्बाधार बिकासका लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा सेवा कार्यालय जाजरकोट, सामुदायीक अस्पताल रुकुम पश्चिम र स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लालाई बजेट उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले मुख्य मन्त्री रोजगार कार्यक्रम निर्देशिका पनि पारित गरेको छ।