
सिमकोट- विकट कर्णाली प्रदेशमा काम गर्ने संचारकर्मीहरुको कोरोना परीक्षण गरिने भएको छ।
संक्रमणका बेला जोखिम उठाएर रिपोटिङ गर्नु पर्ने भएपछि कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा पत्रकारहरुको कोरोना परिक्षण गर्न लागिएको हो।
सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रदेशका सबै सञ्चारकर्मीहरुको जोखिमलाई मध्यनजर राख्दै कोरोना परिक्षण गर्न लागिएको पत्रकार महासंघ कर्णाली प्रदेशका सचिब दिपेन्द्र शर्माले बताए।
कोरोना संक्रमणका बेला अग्रपंङितमा रिपोटिङ गर्न जानु पर्ने भएको कारण पनि मन्त्रालयले संक्रमणको परिक्षण गर्न लागेको जनाएको हो । देशका अन्य भागमा पत्रकारहरु पनि कोरोनाबाट संक्रमित हुन थालेपछि कर्णाली प्रदेश सरकारले यो पहल सुरु गरेको हो।
कर्णालीका दल वटै जिल्लाका पत्रकारहरुको सम्बन्धित जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा परिक्षणको व्यवस्था गर्न लागिएको हुम्ला जिल्लाको महासंघका अध्यक्ष अर्जुन बोहराले बताए । सम्वन्धित जिल्लाको पत्रकार महासंघले यसको समन्वय गर्नु पर्नेछ।