चिनियाँ ह्याकरको निशानामा कोरोना भाइरस सम्बन्धी अनुसन्धानः अमेरिका

चिनियाँ ह्याकरको निशानामा कोरोना भाइरस सम्बन्धी अनुसन्धानः अमेरिका
+
-

चीनसँग जोडिएका ह्याकरहरुले कोभिड–१९ को महामारीका सम्बन्धमा अनुसन्धान गरिरहेका संस्थाहरुलाई निशाना बनाएको अभियोग अमेरिकाले लगाएको छ ।

अमेरिकी अधिकारीहरुले चीनसँग सम्बन्ध रहेका ह्याकरले अनुसन्धान सम्बन्धी तथ्यांक चोरी गर्नका लागि प्रयास गरिरहेको स्पष्ट रुपमा देखिएको बताएका हुन् ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआइ) का अनुसार कोभिड–१९ विरुद्धको खोप, उपचार तथा परीक्षण सम्बन्धी अनुसन्धान गरिरहेका समूहहरुलाई ह्याकरले निशाना बनाएको उल्लेख गरेको छ ।

अमेरिकाले लामो समयदेखि विभिन्न विषयमा चीनले साइबर आक्रमण गर्दै आएको आरोप लगाउने गरेको छ । ती आरोप चीनले बारम्बार अस्वीकार गर्दै आएको पनि छ ।

फेरि अमेरिकाले अहिले कोरोना भाइरसका सम्बन्धमा भइरहेका अनुसन्धानहरुलाई निशाना बनाएर चिनियाँ ह्याकर सक्रिय रहेको र उनीहरु अनुसन्धानका तथ्यांकहरु चोरी गर्न उद्यत रहेको आरोप लगाएको हो ।

कोरोना भाइरसको महामारीले अमेरिका–चीनबिचको तनावलाई थप मलचल गरेको छ।

चीनको वुहानबाट गएको वर्षको अन्त्यमा सुरु भएको कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ८४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

अमेरिकाले समयमा चीनले जानकारी नदिएका कारण यतिका संख्यामा मानिसको ज्यान गएको आरोप लगाउने गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरस चीनले प्रयोगशालामा बनाएको समेत आरोप लगाउँदै आएका छन् । चीनले यी आरोप पनि अस्वीकार गरेको छ ।

चीनले समयमै काम गरेको भए भाइर त्यहिँ नियन्त्रणमा आउने र विश्वमा अहिलेको जस्तो महामारीको अवस्था नआउने अमेरिकी भनाई छ । तर चीनले भने महामरी नियन्त्रणमा लिने प्रयासमा अमेरिका चुकेको बताउँदै आएको छ ।

एफबिआइ र होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्ट अन्तर्गतको साइकर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्यूरिटी एजेन्सी (सिसा) ले बुधबार संयुक्त वक्तव्य जारी गरेर चिनियाँ ह्याकरले कोभिड–१९ सम्बन्धी अनुसन्धानलाई निशाना बनाएको भन्दै चेतावनी दिएका हुन् ।

वक्तव्यमा कोरोना भाइरस महामारी विरुद्ध लागिरहेका तथा यस सम्बन्धमा अनुसन्धान गरिरहेका सबै व्यक्ति तथा संस्थाहरु ह्याकरको निशानामा रहेको भन्दै उच्च शतर्कता अपनाउन आग्रह गरिएको छ ।

ह्याकरहरुले कोभिड–१९ सम्बन्धी महत्वपूर्ण बौद्धिक सम्पत्ति चोरी गर्न खोजिरहेको वक्तव्यमा उल्लेख छ । यस्तै सोमबारको पत्रकार सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले साइबर आक्रमण गर्न खोजिरहेको बताएका थिए ।

चीनले भने यो आरोप अस्वीकार गर्दै आएको छ । यो हप्ताको सुरुमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो देश कोभिड–१९ को उपचार तथा खोपको खोजी गर्ने सम्बन्धी अनुसन्धानमा विश्वमै अग्र स्थानमा रहेको बताएका थिए ।

विश्वभर हाल कोभिड–१९ विरुद्ध १०० भन्दा बढी सम्भावित खोपमा काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुने छैनः डब्लुएचओ

कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुने छैनः डब्लुएचओ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?