हुम्लामा कोरोना जाँच्‍ने कीटको अभाव, क्वारेन्टाइनमा बसेकाले भने, ‘पीसीआरबाट परीक्षण गर्नुपर्‍यो’

हुम्लामा कोरोना जाँच्‍ने कीटको अभाव, क्वारेन्टाइनमा बसेकाले भने, ‘पीसीआरबाट परीक्षण गर्नुपर्‍यो’
+
-

सिमकोट- कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा हुम्लाका क्वारेन्टाइनमा रहेका व्‍यक्तिहरुले आरडिटी नभई पीसीआर विधिबाट स्वाब परीक्षण गर्न माग गरेका छन्। कोरोना संक्रमणलाई अन्य सामान्य रोग जसरी नलिई परीक्षण दायरा बढाएर क्वारेन्टाइनमा रहेका सबै परीक्षण गर्न उनीहरुले माग गरेका हुन्।

शुक्रबारबाट अवधि पूरा भएका व्यक्तिको कोरोना संक्रमणको परीक्षण गर्नुपर्ने हुँदा चिकित्सकसहितको टोली गाउँपालिकामा परिचालन भएको छ। तर, चिकित्सकको टोली किटको अभाव भएकाले क्वारेन्टाइनमा बसेका व्‍यक्तिको स्वाब संकलन हुन सकेको छैन।

यता, स्वास्थ्य सेवा कार्यालयले तय गरेको मापदण्ड अनुसार कोरोना संक्रमण परीक्षण गर्ने भनिए पनि बाँकीको भने ज्वरो नापेर घर पठाउने तयारी गरिएको छ। माथिल्लो हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुई जना चिकित्सकसहित चारजना आरडिटी र पीसीआर परीक्षणका लागि लागेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए।

टोलीले खार्पुनाथका लागि ८० किट आरडिटी र पचास किट भिटिआर बोकेर गएको छ। यता नाम्खा गाउँपालिकामा तीन जनाको टोली गएको छ । नाम्खाको लागि ४६ किट आरडिटी र १७ किट भिटिएम रहेका छन्।

सिमकोट गाउँपालिकाका १४ वटा क्वारेन्टाईनमा रहेका व्‍यक्तिहरुको नमूना कोरोना संक्रमण परिक्षणका लागि ९० किट आरडिटी र ६० किट पीसीआर किट लिएर स्वास्थ्यकर्मी लाग्ने छन्। यसबाट चिकित्सकसहितको टोलीद्धारा नमूनाका रुपमा कोरोना परीक्षण गर्ने तयारी गरिएको छ। त्यसका लागि मापदण्ड बनाइएको छ।

यसमा भारतबाट, जेष्ठ नागरिक, काठमाडौं, नेपालगञ्‍ज र सुर्खेतबाट आएकाहरुलाई प्राथमिकतामा राखेर कोरोना संक्रमणको नमूना परीक्षण हुने प्रमुख सिंहले बताए।

जिल्लाम कोरोना संक्रमणको परीक्षणका लागि किटको अभाव भएको कारण नमूना संकलन गर्न लागिएको हो।हाल सिमकोट गाउँपालिकामा २५६ जना, नाम्खामा ८६ जना र खार्पुनाथमा १५६ जना व्‍यक्तिहरु क्वारेन्टाईनमा रहँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?