न्युयोर्क – अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर मानिएको न्युयोर्कमा शुक्रबारदेखि लकडाउन खुकुलो बनाइने भएको छ।
न्युयोर्कका मेयर एन्ड्रियु कुमोले शहरको मध्य भागमा रहेका विभिन्न पाँच वटा क्षेत्रहरुले आफ्ना काम सुचारु गर्ने बताएका छन्। न्युयोर्कमा पछिल्लोपटक थपिएको लकडाउनको अवधि शुक्रबार सकिँदै छ। निर्माणदेखि उत्पादनसम्मका क्षेत्रहरु पुर्णरुपमा नखुलेपनि सुचारु हुने बताइएको छ। यी क्षेत्रहरु पछिल्लो दुई महिनायता बन्द रहेका थिए।
न्युयोर्कमा हालसम्म तीन लाख ५३ हजार मानिस संक्रमित भेटिएका छन् भने करिब २७ हजार पाँच सयको मृत्यु भएको छ।
गभर्नर कुमोका अनुसार सेन्ट्रल न्युयोर्क, न नर्दन कन्ट्रि, फिंगर लेक्स, साउदर्न टायर र मोहावक भ्यालीले लकडाउन खुकुलो बनाउन आवश्यक मापदण्ड पुरा गरेका कारण ती क्षेत्रमा निर्माणदेखि उत्पादनसम्मका क्षेत्रहरु आंशिकरुपमा सुचारु हुनेछन्। होलसेल पसल, कृषि, बन, फिसिङ लगायत क्षेत्र सुचारु हुने जनाइएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































