हुम्लाका क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरेर घर पठाइयाे

हुम्लाका क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरेर घर पठाइयाे
+
-

सिमकोट– हुम्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका क्वारेन्टाइनमा रहेका १९० जनाको स्वाब संकलन गरेर घर पठाइएको छ। क्वारेन्टाइन अवधि पूरा भएका सबैको आडिटी परिक्षण र स्वाब संकलन गरेर घर पठाइएको हो।

सिमकोट गाउँपालिकाका १४ वटा क्वारेन्टाइनमा रहेका २ सय ५६ जना र तीन जना सुरक्षाका लागि खटिएका गरी २ सय ५९ जना स्वाब संकलन तथा आरडीटी परीक्षण गरी घर फर्केका छन्।

त्यसमा १९० जनाको स्वाब संकलन गरिएको छ। स्वाब संकलनको रिपोर्ट नआउँदासम्म उनीहरु सबैलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ। ७९ जनाको आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु पनि घर फिर्ता भएका छन्।

नेपालगंजदेखि हवाईमार्गबाट उद्धार गरिएका उनीहरु सबै गत वैशाख २१ गतेबाट वडा अनुसार क्वारेन्टिनमा बस्दै आएका थिए। काठमाडौँ, सुर्खेत र नेपालगंजमा अलपत्र हुम्लाबासीको हवाईमार्गबाट उद्धार गरिएका थियो।

संकलन गरिएका स्वाबहरु पिसिआर परिक्षणका लागि आइतबार हवाई मार्गबाट सुर्खेत पठाउने तयारी भइरहेको छ। उनीको पिसिआर रिपोर्ट सोमबार मात्र आउने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?