जुम्ला लगिएका पीसीआर परीक्षणबाट ४१० जनाको रिपोर्ट नेगेटिभ

जुम्ला लगिएका पीसीआर परीक्षणबाट ४१० जनाको रिपोर्ट नेगेटिभ
+
-

सिमकोट-हुम्लाका बिभिन्न गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो।

हुम्लाबाट जुम्ला लगिएका ४१० वटा स्वाबको प्रतिष्ठानमा कोरोना संक्रमणको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुुख प्रेम बहादुर सिंहले बताए।

जुम्ला लगिएका स्वाबको रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा त्रास मात्र हटेको छैन सबैमा खुसीयाली छाएको स्थानीयले बताएका छन् । यसअघि प्रतिष्ठानबाट खटिएको चिकीत्सक सहितको टोलीले संकलन गरेका सबै स्वाब जुम्ला पुगेका थिए।

प्रतिष्ठानले हुम्लाका पाँच वटा गाउँपालिका मध्य चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ४१, अदानुचलीबाट एक सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको हो।

संकलित ती स्वाब लिन सबै गाउँपालिका केन्द्रमा हेलिकोप्टर पुगेको थियो। संकलित स्वाबहरु लिन प्रतिष्ठानमा निर्देशक डां मंगल रावलको टोली आएको थियो।

यसअघि सिमकोट र खार्पुनाथ गाउँपालिकामा स्थापना भएका रहेको विभिन्‍न क्वारेन्टिनबाट हवाई जहाजबाट प्रादेशिक अस्पताल सुर्खेतमा लगिएका २४६ वटा स्वाबको रिपोर्ट पनि नेगेटिभ आइसकेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?